FAQs Complain Problems

संक्षिप्त परिचय

मादी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभामा अवस्थित एक नगरपालिका हो ।

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा संखुवासभामा मादीमुलखर्क, मादीरामबेनी र मावादिन गाउँ विकास समितिहरू लाई समेटेर मादी नगरपालिका घोषणा गरिएको हो।मादी नगरपालिकाको केन्द्रभने ओखरवोटे बजार रहको छ।

नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

नगरपालिका : मादी नगरपालिका

निर्देशाङ्क (मादी):

२७°१६′१″ उत्तर ८७°२४′३″ पूर्व / 
२७.२६६९४° उत्तर ८७.४००८३° पूर्व
देश : नेपाल
विकास क्षेत्र:  पूर्वाञ्चल
अञ्चल: कोशी अञ्चल
जिल्ला: संखुवासभा जिल्ला
स्थापना: मंसिर २०७१
सरकार: 

मेयर बिदुर कुमार लिंथेप
उप मेयर  उर्मिला सुबेदी (नेपाल)
क्षेत्रफल: जम्मा - ११०.१ किमी२ (४२.५ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८):
जम्मा - १४,४७०
जनघनत्व - १३१.४/ कि मी २ (३४०.४/वर्ग मी)
समय क्षेत्र:  नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२९