नेपालको संविधान जारी भएपश्चात राज्यको पुनःसंरचना भई संघिय लोकतान्त्रीक गणतन्त्रात्मक नेपालको रुपमा तीन तहको सरकारबाट राज्यशक्तिको प्रयोग हुने ब्यवस्था बमोजिम मुलुकभरका ७५३ वटा स्थानीय तहमध्ये मादी नगरपालिका पनि एक हो । स्थानीय तहले राज्य शक्तिको प्रयोग गर्ने सन्दर्भमा संविधानले नै अधिकारका सूचिहरु तय गरेको छ। सोहि बमोजिम यस नगरपालिकाले पनि शासन, विकास र सेवा प्रबाहमा संविधानले ब्यवस्था गरे बमोजिम कार्य गर्दै आईरहेको छ । स्थानिय तहका विभिन्न विषयहरुलाई मार्गनिर्देश गर्न ब्यवस्था भएको स्थानिय सरकार सञ्चालन ऐन, २०७४ लगायत अन्य कानूनी दस्तावेजका आधारमा कार्यसम्पादन हुँदै आएको छ ।
साविक मादी मुलखर्क, मादी राम्बेनी र मावादिन गाउँ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०७१/०८/१६ गते मादी नगरपालिका घोषणा गरिएको थियो । वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको मादी नगरपालिका साविक मादी मुलखर्क गा.वि.स. वडा नं. १ र ८ लाई हाल मादी १, मुलखर्क गा.वि.स वडा नं. ८ हाल मादी २, मादी मुलखर्क गा.वि.स. वडा नं. ४,५,६ र ७ हाल मादी वडा नं. ३, साविक मादी मुलखर्क गा.वि.स वडा नं. १ र २ तथा साविक मादी राम्बेनी गा.वि.स.वडा नं. ५,७ र ९ हाल मादी ४, साविक मावादीन गा.वि.स. वडा नं. २,३,४,र ६ हाल मादी ५, साविक मादी राम्बेनी गा.वि.स. वडा नं. १ र ८ हाल मादी ६, साविक मावादीन गा.वि.स. वडा नं. १,२ र ३ हाल मादी ७, साविक मावादीन वडा नं. ४ र ५ मादी ८ र साविक मावादीन ६,७,८ र ९ हाल मादी ९ गरी निर्धारण गरिएको छ ।
— नगरपालिका —मादी नगरपालिका
निर्देशाङ्क (मादी):
२७°१६′१″ उत्तर ८७°२४′३″ पूर्व /
२७.२६६९४° उत्तर ८७.४००८३° पूर्व
देश - नेपाल
विकास क्षेत्र - पूर्वाञ्चल
अञ्चल - कोशी प्रदेश, नेपाल
जिल्ला - संखुवासभा जिल्ला
स्थापना - मंसिर २०७१
सरकार - मेयर जीवन लिंथेप
- उप मेयर - सुनिता देवी भट्टराई दााहाल
क्षेत्रफल - जम्मा - ११०.१ किमी२ (४२.५ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
- जम्मा - १४,४७०
- जनघनत्व - १३१.४/ कि मी २ (३४०.४/वर्ग मी)
समय क्षेत्र - नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-०२९-४२४००३