मादी नगरको परिचय

सुन्दर शान्त मादी 

परिचय
नगरपालिका कार्यालय नगरपालिकाको लागि नेतृत्वदायी जनप्रतिनिधिमूलक र स्वयात संस्था हो । नेपालको संविधानको धारा २७ ले कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हकलाई मौलिक हकको रुपमा स्वीकार गरेको छ । नेपाल सरकारले २०७३ फागुन २७ गतेबाट कार्यान्वयनमा ल्याएको स्थानीय तह अन्तर्गत रहेका गाउँपालिका÷नगरपालिका जनताका सवभन्दा नजीकका स्थानीय सरकार हुन । अतः यी स्थानीय तहले आफ्नो क्षेत्रको आधारभत सूचनाहरु संकलन गरी वस्तुगत विवरण समेटिएको पाश्र्वचित्र तयार गर्न अनिवार्य छ । यसका अतिरिक्त स्थानिय तहको आवधिक तथा वार्षिक योजना तर्जुमा गर्नको लागि आफ्नो क्षेत्रको सामाजिक, आर्थिक, मानवीय विकास , जनसंख्याको बनौट तथा वितरण लगायत विविध पक्षको आधारभूत तथ्याङ्कको आवश्यकता पर्दछ । आधारभूत सूचना तथा तथ्याङ्कका आधारमा योजना तर्जुमा हुन सकेमा मात्र योजनाहरू वस्तुनिष्ठ, प्रभावकारी तथा परिणाममुखी हुन सक्दछन । तथ्यगत विवरणको अभावमा वास्तविक समस्याको पहिचान हुन सक्दैन र उपलव्ध श्रोत तथा साधनको उचित वितरण तथा प्रयोग हुन सक्दैन । यसको परिणाम स्वरुप विकास निर्माणले गति लिन सक्दैन, जसको प्रत्यक्ष असर त्यहाँका जनताको आर्थिक, सामाजिक विकासमा पर्न जानु स्वभाविक हुन जान्छ । व्यवस्थित योजना बिना विकासको प्रतिफल जनताको तहसम्म पुग्न सक्दैन । व्यवस्थित योजना तर्जुमाको लागि सूचनाको महत्व सर्वाधिक हुन्छ । यस पृष्ठभूमीमा प्रत्येक स्थानीय तहले आफ्ना यथार्थ र तथ्यपरख सूचना संग्रह गरी वस्तुगत विवरण सहितको नगर पाश्र्व चित्र ९ःगलष्अष्उब िएचयाष्भि ०  तयार र परिमार्जन गरी राख्न आवश्यक रहेको छ ।
। यसै सन्दर्भमा मादी नगरपाकिाको कार्यालयले पहिलो पटक २०७४ सालको वस्तुगत विवरणको रुपमा नगर वस्तुगत विवरण (ःगलष्अष्उबष्तिथ एचयाष्भि० र यस नगरपालकिामा सविक ३ वटा गाविसहरु गाभीई मादी नगरपालकि घोषणासँगै नगरपालिकाको वस्तुगत विवरण अद्यावधिक गर्न आवश्यक ठानी आगामी दिनमा नगरको विभिन्न तहको योजना निर्माणका लागि आधार तयार गर्न यो नगर वस्तुगत विवरण मादी नगरपालकिा कार्यालयले तयार गरेको छ ।  
भरपर्दो तथ्याङ्कीय आधार नै वैज्ञानिक योजना पद्दतिको जग हो । नगरको वस्तुगत विवरण तयारीमा जति व्यापक र भरपर्दाे तथ्याङ्क र सूचनामा आधारित हुन सक्यो त्यति नै बढि वस्तुपरक र वैज्ञानिक हुन जान्छ । यस वस्तुनिष्ठ तथ्यलाई महशुस गरी नगरस्तरीय र वाडस्तरीय योजना तर्जुमा प्रक्रियालाई सहयोग गर्न नगरपालकिाको सूचना तथा अभिलेख केन्द्र मार्फत नगरपालकिाको तथ्याङ्क गरी व्यवस्थित गर्ने कार्य अगाडि बढाइको छ । यसले आवधिक जिल्ला विकास योजनाको लागि नयाँ विकासको सम्भावनाहरु खोज, अधययन, अनुसन्धान एवं विश्लेषणको लागि सहयोग गर्ने अपेक्षा गरिएको छ । यस नगर वस्तुगत विवरणले राष्ट्रिय योजना आयोगले तयार गर्ने राष्ट्रिय योजना नीति र कार्यक्रम अनुरुप नगरपालिकमा रहेका मौजुदा श्रोत र साधानहरुलाई परिचान गर्दै लैजान नगर योजना तर्जुमा गर्ने प्रकृया र विकास योजनाहरुको अनुगमन तथा मूल्यङ्कन र सूचनाका माध्यमद्धारा सहयोग पु¥याउने आशा गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमि
मादी नगरपालिका भित्र पर्ने विभिन्न वडाहरुको ऐतिहासिक पृष्ठभूमि अलग अलग रुपमा रहेको छ । यस अनुसार, यस नगरपालिकाको वाड नं...मा पर्ने श्रीजुङ्गग गाउँको इतिहास केहि भिन्न प्रकृतिको रहेको छ । त्यसैगरि यस वडाकै पुलुङ्ग, उम्रिङ्ग र कार्की गाउँको इतिहास आफ्नै किसिमको छ । नगरपालिकाको केही भू–भागहरु विर्ता जग्गामा समाविष्ट छन् । यस नगरपालिकाका वडाका केहि भू–भागहको इतिहासले पनि छुट्टै पृथक प्रकारको अस्तित्वलाई ग्रहण गरको छ । यी.....पहिचान बाकेका भू–भागहरुको ऐतिहासिक पृष्ठभूमिका बारेमा प्राप्त भएसम्मको श्रोतका आधारमा देहाय अनुसार वर्णन गरिन्छ ।
भौगोलिक अवस्थिति र क्षेत्रफल     
 मादी नगरपालकिा प्राकृतिक सम्पदा र सुन्दरताको दृष्टिले जिल्लाभित्रका अरु नगरपालिकै दाँजोमा आउँदछ । यस जिल्लाका प्रमुख प्राकृति सम्पदाहरुमा जलश्रोत र जगंल प्रमुख हुन् । मादी नगरपालिकाको भू–बनौट भिरालो छ । यसको करीव करीव....प्रतिशत भू–भाग उत्तरतर्फ फर्किएर रहेको छ भने बाँकी भू–भाग मध्ये केहि भाग पश्चिम तर्फ र केहि भू–भाग दक्षिण तर्फ रहेको छ । यो नगरपालिकाको धरातलीय वनावट जटील जस्तो देखिएता पनि यहाँको माटो उर्वर प्रकारको रहेको छ । धेरै जसो भू–भागमा दोमट कालो माटो रहेको हुनाले यस नगरपालिकालाई खेति योग्य क्षेत्रका रुपमा चिनिने गरिनछ । महालङगुर हिमाल क्षेत्र भित्र पर्ने मकालु प्रथम र द्धितीयलाई उत्तर मोहडा गरी बसेको उस नगरको सबैजसो भू–भागबाट प्रष्ट देख्न सकिन्छ । खुम्बु हिमाल क्षेत्र भित्र पर्ने विश्वको सबैभन्दा अग्लो हिम शिखर सगरमाथालाई पनि यस नगरको लेकाली भेगबाट दखिने गर्दछ । यस किसिमको स्थितिले नगरको रमणीयतामा थप आकर्षणमा वृद्धि गरेको छ । मादी नगरपालिकाको धरातल उतर पश्चिमबाट दक्षिण पूर्वर्फ उठेर उकालो र भीरालो पाटाका रुपमा रहेको छ । यहाँको उचाई ५४८.७८ मिटर देखि लिएर ३२१५ मिटरसम्म रहेको छ । वाड नं. ६ मा अवस्थित राम मन्दिर यस नगरपालिकाको सबैभन्दा होचो भू–भाग हो भने वाड नं. २ र ९ मा अवस्थित श्रीमाने डाँडा यस गाविसको सबैभन्दा अग्लो भू–भाग हो ।
मादी नगरपालिका संखुवासभा जिल्लाको दक्षिणी भेगमा पर्ने निर्वाचन क्षेत्र नं. २ को पनि दक्षिणी भागमा रहेको नगरपालिका हो । मादी नगरपालिका जिल्लाको कुल क्षेत्रफल मध्ये ३.१७ वर्ग कि. मि. भू–भाग ओगटेको मादी नगरपालिका जिल्लाको चार वटा नगरपालिका मध्ये क्षेत्रफलको दृष्टिले सबैभन्दा सानो नगरपालिका हो । यस नगरपालिको क्षेत्रफल ११०.१० वर्ग कि.मि. रहेको छ । यस नगरपालिका वि.सं. २०७१÷८÷१६ गते साविक तीन वटा गाविसहरु क्रमशः मावादी, मादी मुलखर्क र मादी राम्वेनी गा.वि.स. लाई गाभेर मादी नगरपालिक घोषणा गरिएको हो । पहिले १३ वटा वडामा विभाजन गरि घोषणा गरिएको नगरपालिक फेरि पछिल्लो पटक वि.सं. २०७३÷११÷२७ गते वडाहरुको सिमाना हेरफेर गरि अहिले ९ वटा वडा कायम गरिएको छ ।
स्थानीय चार्डपर्व तथा जात्रा र मेलाहरुको विवरण
मादी नगरपालिकामा मिश्रित जातजातिहरुको रहेको छ । यहँ विशेष गरेर किराँत समुदायहरुका राई, लिम्बू, याख्खा, देवान लगायत अन्य जनजातिहरुमा तामाङ, गुरुङ्ग, शेर्पा लगायत जातिहरुको बाक्लो बसोवास रहेको छ । त्यसैगरि गैर जनजातिहरुमा मूलत क्षेत्री, ब्राहमण, कामी, र दमाई जातिहरुको उल्लेखनिय बसोवास रहेको पाइन्छ । किराँत समुदयाहरुले उधौली–उभौली (चासोक तङनाम, नुगाङगी पूजा, प्राकृतिक पूजा, भूमि पूजा) धुमधामसँग मनाउदछन् । तामाङ, शेर्पा र गुरुङ्ग जनजातिहरुले मुख्य लोसार आफ–आफ्नै तिथि मितिमा मनाउने गर्दछन् । हिन्दु धर्ममा आधारित जातजातिहरुले राष्ट्रिय स्तरमा मनाइने चाडपर्वहरुमा धुमधामसँग मनाउने गर्दछन् । स्थानीय स्तरमा मनाइने केहि चाडपर्वहरु निम्न बमोजिम तालिकामा देखाइएको छ ।
२१.४ मादी नगरपालिकाका विकास सम्भावनाहरु (कृषि, जलबिद्युत, पर्यटन, उद्योग, आदि)
मादी नगरपालिकाको भू–वनोटको हेर्दा यहाँ कृषि, जलविद्युत, पर्यटन, र उद्योग फस्ट्याउने प्रचुर सम्भावना बोकेको नगर हो । नगरपालिकाको माथिल्लो भू–भागले तेह«थुम जिल्ल र संखुवासभा जिल्लामा फैलिएको तीनजुरे मिल्के जल्लजले क्षेत्रमा पर्ने भएकाले यस ठाउँमा आन्तिरक र बाहय पर्यटनको हिसाबाले अति नै सम्भावना रहेको छ । तीन जुरे क्षेत्रलाई जैविक विविधताको हिसवाले महत्वपर्ण रहेको र २८ प्रजातिको गुराँस पाइकाले यस क्षेत्र वनस्पती सम्बन्धि अध्ययनका लागि विशेष महत्व राख्दछ । नेपाल सरकारले यस क्षेत्रलाई लाली गुराँस संरक्षित क्षेत्र घोषणा गर्नुले अझ यस ठाउँको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा रहेको छ । अर्कोतिर, यस क्षेत्रमा धेरै प्रकारका जडिबुडि र चराचुरुङ्गी रहेको छ जुन तथ्य जो कोहिले पनि त्यस ठाउँमा भ्रमण गर्दा सजिलै ठम्याउन सकिन्छ । यस नगरमा भएको विभिन्न मठ मन्दिर, ऐतिहासिक गढी, थुमका, र झरनाहरुले आन्तिरक पर्यटनको विशेष महत्व राख्दछ ।
कृषिको पक्षलाई उप्काउँदै गर्दा, यस नगरको माथिल्लो भेगमा लेकाली हावा पानी पाइन्छ जहाँ नगदे बाली विशेष गरि जडीबुडिको खेतिको राम्रो सम्भावना रहेको छ । चिरैतो, सतुवा, यार्सागुम्बा,जटामसी, पाँचऔले गायत जडिबुडिको उत्पादन तथा निकासी गरिने हो भने नगरपालिमा राम्रो संकलन हुन्छ र स्थानीयहरुले पनि राम्रो आयआर्जन गर्न सक्छन् । नगरको बीचको भागमा अ‍ैलची खेति हुँदै आएको छ । त्यसगरि फलफूलमा सुन्तला, किबी, कागती जस्ता रजस्दार फलफूल सानो मात्रमा उत्पादन हँदै आएको यसलाई ठलो मात्रमा विस्तार गरि व्यवसायिकता अपनाउने हो स्थनीयहरु बरोजगार भएर बसिरहनु पर्दैन । यहाँको माटो उर्वर किसिमको रहकोले तराकारी खेतिकोका लागि पनि त्यति नै उपयुक्त देखिन्छ । तरकारी खेतीमा विशेष गरि बेमौसमी तरकारीहरु गोलभेडा, काउली, बन्दा, करेला, बोडी, लोका, घिरौला जस्ता तरकारीहरु उत्पादन गरी स्थानीय बजार र तराईका बजारमा निकासी गर्न सकिने सम्भावना रहेको छ । बेसी खण्डमा अन्नबालीहरुमा घान, मकै, गहुँ, उखु, उत्पादन हुँदै आएको छ । यि खेतीहरु प्राय निर्वाहमुखी उन्मुख रहेको छ । यि खेतिहरुलाई अझ प्राविधिक तवरमा खेति गरिने हो भने मादी नगरपालिका अन्नबालीमा आत्मनिर्भर हुने देखिन्छ ।
यस नगरपालिकामा विगत केहि वर्षमा केहि जलविद्युत आयोजनाहरु निर्मामाधिन रहको र केहि सम्पन्न भई विद्युत उत्पादन भइरहेको छ । माया खोला र पिलुवा खोलामा निर्माणधिन जल विद्युत आयोजनाहरुले यस ठाउँको जल विद्युत सम्भावनाको ढोका खोलि सकेको छ । अझ सूक्ष्म रुपमा यस खोलाहरुमा सर्भे गर्ने हो अझ केहि मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ।
यस नगरपालिकामा हरिायो घाँस डाले र भुइ घाँसको प्रस्तत पाइने भएकाले गर्दा पशुजन्य उत्पादनको प्रचुर सम्भावना रहेको छ । विशेष गरि दुग्ध उत्पादा र उद्योगको एकदमै राम्रो सम्भावना रहेको छ । उन्नत जातका गाई, भैंसी, बाख्राहरुबाट दुग्धजन्य उत्पादान गरी स्थानीय बजार र तराईको बाजरसम्म प¥याउन सकिन्छ । त्यसैगरि यहाँ चिया उत्पादन भईरहेको छ । अलिहले धेरै जसो युवाहरु वैदेशिक राजगारीमा गइरहको अवस्था छ र घरका बारीहरु बाजो रहेको अवस्था छ । यसले गर्दा खेति हुँदै आएको बारीहरु जंगलमा रुपान्तरण हुँदै गइरहेकाले त्यस्ता बाजो जमिनहरुमा चिया खेति गर्न सकिएको खण्डमा यस ठाउमा चिया प्रशोधन केन्द्र स्थापना गरेर स्थानीय स्तरमा नै रोगारी सिर्जाना गर्न सकछौ. । यहाँ लेकाली हावा पानी रहेकाले नेपाली कागजको उद्योगको सम्भावना रहेको छ । बाँस, लोकता जस्ता कागज बन्ने वनस्पतीहरु प्रर्याप्त रहेकाले कागजको उद्योग खालेर कागज निर्यात गर्न सकिन्छ । मादी राम्बेनी दाभानका आसपासका क्षेत्रहरु पहिले देखि उखु उत्पादनका लागि प्रसिद्ध रहेकाले उखु जन्य उत्पदान चिनी र सखरको पनि उद्योगको संचालन गर्न सकिन्छ । यस्ता धेरै उत्पदानहरु हुने सम्भावना रहेकाले, ठाउँ र हावापानी अनुसार फरक फरक प्रकृतिका कृषि जन्य उत्पादान, उद्योग, पर्यटन र जलविद्युत्तको प्रचुर सम्भावना बोकेको मादी नगरपाकिलाको भबिष्य आउने दिनहरुमा उज्जवल देखिन्छ ।

 

नगरपालिकाको नक्सा